-
व्यवस्था १२:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+
-
-
व्यवस्था १२:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिमीहरूले अन्नको, नयाँ मद्यको र तेलको दसौँ भाग अनि तिमीहरूका गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तान,+ भाकलभेटी, स्वैच्छिकभेटी र दान गरिएको खानेकुरा सहरभित्र नखानू।
-
-
व्यवस्था १५:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “तिमीहरूले भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानलाई यहोवा तिमीहरूका परमेश्वरको निम्ति अर्पण गर्नू।+ तिमीहरूले पहिले जन्मेको बहरलाई कुनै काममा नलगाउनू र पहिले जन्मेको पाठोको ऊन नकत्रनू। २० भेडाबाख्रा र गाईवस्तुको पहिलो सन्तानको मासु तिमीहरूले हरेक वर्ष आफ्नो परिवारसित यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा यहोवासामु खानू।+
-