-
गन्ती २३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यो सुनेर बालाकले बालामलाई भने: “तपाईँले यो के गर्नुभएको? मैले तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन बोलाएको थिएँ। तर तपाईँले त उल्टै तिनीहरूलाई आशिष् पो दिनुभयो।”+
-
-
गन्ती २३:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि बालाकले बालामलाई भने: “तपाईँ तिनीहरूलाई सराप दिन सक्नुहुन्न भने नदिनुहोस् तर तिनीहरूलाई आशिष् पनि नदिनुहोस्।”
-
-
गन्ती २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० यो सुनेर बालाक बालामसित रिसले चूर भए। तिनले खिस्याउने पारामा थपडी मार्दै बालामलाई यसो भने: “मैले त तपाईँलाई मेरा शत्रुहरूलाई सराप दिन पो बोलाएको,+ तर तपाईँले त उल्टै तिनीहरूलाई तीन-तीन पल्ट आशिष् दिनुभयो।
-