-
उत्पत्ति १९:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ यसरी लुतका दुवै छोरी गर्भवती भए।
-
-
उत्पत्ति १९:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ कान्छीले पनि एउटा छोरो जन्माइन् र तिनको नाम बेन-अमि राखिन्। तिनी नै अहिलेका अम्मोनीहरूका+ पुर्खा हुन्।
-
-
व्यवस्था २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि यहोवा परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीहरूले मोआबीहरूसित निहुँ नखोज्नू वा तिनीहरूसित लडाइँ नगर्नू। म तिमीहरूलाई तिनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ किनभने मैले अर सहर लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा दिइसकेको छु।+
-