-
गन्ती २१:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+ २४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन् किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।
-
-
न्यायकर्ता ११:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर सिहोनले इस्राएलीहरूलाई विश्वास गरेनन्। त्यसैले सिहोनले आफ्ना सबै मानिस भेला गरे र याहजमा छाउनी हाले अनि इस्राएलीहरूसित लडे।+
-