प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३९:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ केही समयपछिको कुरा हो, पोतिफरकी पत्नीले युसुफमाथि आँखा गाड्‌न थालिन्‌। तिनले युसुफलाई यसो भनेर फकाउन थालिन्‌: “आऊ, मसित सुत।” ८ तर युसुफ आफ्नी मालिक्नीको प्रस्ताव अस्वीकार गर्थे र यस्तो जवाफ दिन्थे: “हेर्नुहोस्‌, मेरा मालिकले निकै भरोसा गरेर मलाई सबै कुरा सुम्पनुभएको छ। म यस घरमा भएकोले उहाँलाई कुनै कुराको चिन्ता छैन। ९ यो घरमा मभन्दा ठूलो अरू कोही छैन। तर तपाईँ उहाँकी पत्नी हुनुहुन्छ र उहाँले तपाईँबाहेक सबथोक मलाई जिम्मा लगाउनुभएको छ। त्यसैले यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?”+

  • १ राजा १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनकि दाउदले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके।

  • भजन ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ झूट बोल्नेहरूलाई तपाईँले नाश गर्नुहुनेछ।+

      हिंस्रक अनि छली* मानिसहरूलाई यहोवा घृणा गर्नुहुन्छ।+

  • भजन ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+

      यहोवाको सिंहासन स्वर्गमा छ।+

      उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखाले

      मानिसहरूलाई जाँच्नुहुन्छ।+

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने