-
एज्रा १:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यहोवा परमेश्वरले यर्मियामार्फत भन्नुभएको कुरा पूरा होस् भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:
२ “फारसका राजा कोरेस यसो भन्नुहुन्छ, ‘स्वर्गका परमेश्वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्वर तिमीहरूसँग रहून्। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्वर यहोवाको भवन पुनर्निर्माण गर।
-