-
यर्मिया २९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+
-
-
यर्मिया ३३:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “यहोवा यसो भन्नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात् यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११ यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्नेछन्: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+
“‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्नुहुन्छ।”
-