६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
३१ यहोवा तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।+ उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन, तिमीहरूको अस्तित्व मेटिन दिनुहुनेछैन अनि तिमीहरूका पितापुर्खासित जुन करार बाँध्नुभएको थियो, त्यसलाई बिर्सनुहुनेछैन।+