१० पर्खालले घेरिएको सहरमा मलाई कसले पुऱ्याइदेला?
एदोमसम्म मलाई कसले डोऱ्याइदेला?+
११ हे परमेश्वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?
हे हाम्रा परमेश्वर, तपाईँले हाम्रो सेनाको साथ छोड्नुभएको छैन र?+
१२ हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्+
किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+
१३ परमेश्वरबाटै हामीले बल पाउनेछौँ +
अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+