प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्‍यो भने म उसको पुकारा अवश्‍य सुन्‍नेछु+ २४ अनि मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरबारले मार्नेछु। तिमीहरूका पत्नी विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्‌।

  • व्यवस्था १०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोवा तिमीहरूका परमेश्‍वर सबै ईश्‍वरका पनि ईश्‍वर हुनुहुन्छ,+ प्रभुहरूका पनि प्रभु हुनुहुन्छ। उहाँ महान्‌, शक्‍तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँ कसैलाई पक्षपात गर्नुहुन्‍न+ र कसैबाट घुस लिनुहुन्‍न। १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।

  • भजन १०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तपाईँ दुःख र वेदना देख्नुहुन्छ।

      तपाईँ त्यो हेर्नुहुन्छ र मामिला आफ्नै हातमा लिनुहुन्छ।+

      जालमा परेको त्यो मानिसले तपाईँकै बाटो हेर्छ;+

      तपाईँ अनाथको* मदतगार हुनुहुन्छ।+

  • भजन १४६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवा विदेशीहरूको रक्षा गर्नुहुन्छ;

      अनाथहरू* र विधवाहरूको उहाँ हेरचाह गर्नुहुन्छ+

      तर दुष्टका योजनाहरूलाई उहाँ विफल पारिदिनुहुन्छ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने