प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु।+ किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे।+ अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+

  • भजन ११९:१३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३९ मेरो जोसले मलाई खाएको छ+

      किनकि मेरा वैरीहरूले तपाईँका वचन बिर्सेका छन्‌।

  • मत्ति २१:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १३ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+

  • मर्कुस ११:१५-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि उहाँहरू यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १६ उहाँले कसैलाई पनि भाँडाकुँडा बोकेर मन्दिरबाट हिँड्‌न दिनुभएन। १७ उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन?+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+

  • युहन्‍ना २:१३-१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो र येसु यरुसलेम उक्लनुभयो। १४ उहाँले मन्दिरमा गाईवस्तु, भेडा र ढुकुर+ बेच्नेहरूलाई भेट्टाउनुभयो अनि पैसा साट्‌ने व्यापारीहरूलाई पनि आ-आफ्नो कुर्सीमा बसिरहेका भेट्टाउनुभयो। १५ तब डोरीको कोर्रा बनाएर उहाँले तिनीहरू सबैलाई तिनीहरूका भेडा र गाईवस्तुको साथमा मन्दिरबाट लघार्नुभयो अनि पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुभयो र तिनीहरूको टेबुल पल्टाइदिनुभयो।+ १६ अनि उहाँले ढुकुर बेच्नेहरूलाई भन्‍नुभयो: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो* बनाउन छोड!”+ १७ तब पहिल्यै लेखिएको यो कुरा चेलाहरूले सम्झे: “तपाईँको घरको लागि मेरो जोसले मलाई खानेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने