-
यर्मिया ७:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+ २४ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्नुको साटो पछि सरे।
-
-
यर्मिया ११:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनकि मैले तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याएको दिनदेखि आजको दिनसम्म बारम्बार एउटै कुरा सम्झाउँदै आएको छु: “मेरो वचन पालन गर।”+ ८ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्। तिनीहरू प्रत्येक नै आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ मैले तिनीहरूलाई पालन गर्नू भनी आज्ञा गरेको कुरा तिनीहरूले पालन नगरेकोले मैले यस करारअनुरूपै सबै कुरा तिनीहरूमाथि आइपर्न दिएँ।’”
-
-
मिका ६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिमीहरू ओम्रिको विधिविधान पालन गर्छौ र आहाबको घरानाको जस्तै काम गर्छौ+
अनि तिमीहरू तिनीहरूको सल्लाहअनुसार हिँड्छौ।
त्यसैले म तिमीहरूको हालत यस्तो बनाइदिनेछु कि तिमीहरूलाई देख्नेहरू डरले थरथर काँप्नेछन्।
अनि मानिसहरूले त्यहाँका बासिन्दाहरूलाई खिसी गर्दै सिटी बजाउनेछन्;+
तिमीहरूले मानिसहरूको गिल्ला सहनुपर्नेछ।”+
-