प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+

      जो खराब बाटोमा हिँडिरहेका छन्‌+

      र आफ्नै विचारअनुसार चलिरहेका छन्‌।+

  • यर्मिया ७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्‌नुको साटो पछि सरे।

  • यर्मिया ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्‍यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्‍यौ।

  • इजकिएल २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘“तर तिनीहरूले मेरो विद्रोह गरे र मेरो कुरा पटक्कै सुन्‍न चाहेनन्‌। तिनीहरूले आफूसित भएका घिनलाग्दा कुराहरू फ्याँकेनन्‌ र मिश्रका घिनलाग्दा मूर्तिहरू पुज्न पनि छोडेनन्‌।+ त्यसैले मैले मिश्रमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ।

  • जकरिया ७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर तिनीहरूले सुन्दै सुनेनन्‌,+ हठी हुँदै आफ्नो पीठ फर्काए+ अनि केही नसुन्‍नलाई आफ्नो कान थुने।+ १२ तिनीहरूले आफ्नो मन हिराजस्तै* कडा बनाए,+ तिनीहरूले व्यवस्था* पालन गरेनन्‌ र यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिमार्फत पहिलेका आफ्ना भविष्यवक्‍ताहरूद्वारा सुनाउनुभएका वचनहरूलाई बेवास्ता गरे।+ त्यसकारण सेनाहरूका यहोवा तिनीहरूदेखि अत्यन्तै क्रोधित हुनुभयो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने