-
व्यवस्था ३१:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ किनभने तिमीहरू कति विद्रोही र हठी छौ भनेर मलाई थाह छ।+ म जिउँदो छँदै त तिमीहरूले यहोवा परमेश्वरको यतिबिघ्न विद्रोह गऱ्यौ भने म मरेपछि झन् कति धेरै विद्रोह गरौला!
-
-
नहेम्याह ९:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तिनीहरू तपाईँकहाँ फर्कून् र तपाईँको व्यवस्था पालन गरून् भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्।
-