प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले होसियार भई ती एकएक पालन गर्नू।+ त्यसो गऱ्‍यौ भने तिमीहरू बुद्धिमान्‌+ र समझदार+ कहलिनेछौ। ती नीतिनियमबारे सुन्‍ने अरू जातिहरूले पनि यसो भन्‍नेछन्‌, ‘यो महान्‌ जाति साँच्चै बुद्धिमान्‌ र समझदार छ।’+

  • यहोसु १:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्‍यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+ ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्‌।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्‍यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+

  • १ राजा २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा तिम्रा परमेश्‍वरप्रति आज्ञाकारी भएर सधैँ उहाँले देखाउनुभएको बाटोमा हिँड अनि उहाँले मोसाको व्यवस्थामा जे-जस्ता विधिविधान, आज्ञा, नीतिनियम र सम्झौटा दिनुभएको छ, ती सबै पालन गर।+ यसो गऱ्‍यौ भने जे गरे पनि र जहाँ गए पनि तिमी सफल हुनेछौ।

  • भजन ११९:१००
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १०० म बूढापाकाहरूभन्दा समझदार छु

      किनकि म तपाईँका आदेशहरू पालन गर्छु।

  • २ तिमोथि ३:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर तिमी भने आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।+ तिमीले यी कुराहरू कसबाट सिकेका हौ, तिमीलाई थाहै छ १५ अनि तिमीलाई शैशवकालदेखि नै+ पवित्र लेखोटहरू पनि थाह छ।+ यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्‍वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान्‌ बनाउन सक्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने