प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३५:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जातिजातिले पुज्ने मूर्तिहरू सुन र चाँदीका हुन्‌,

      ती त मानिसका हातको काम हुन्‌।+

      १६ तिनीहरूको मुख छ तर बोल्न सक्दैनन्‌;+

      आँखा छन्‌ तर देख्न सक्दैनन्‌;

      १७ तिनीहरूका कान छन्‌ तर सुन्‍न सक्दैनन्‌।

      तिनीहरूको मुखमा सास नै छैन।+

      १८ तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुनेछन्‌;+

      तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै त्यस्तै हुनेछन्‌।+

  • यसैया ४०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।

      सुनारले त्यसलाई सुनले मोहोर्छ+

      अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।

  • यसैया ४६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्‌,

      चाँदीलाई तराजुमा जोख्छन्‌।

      तिनीहरू सुनारलाई काममा लगाउँछन्‌ र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+

      त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्‌, त्यसको पूजा गर्छन्‌।*+

  • यर्मिया १०:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिनीहरूका रीतिथिति सब व्यर्थ हुन्‌।

      तिनीहरूले पुज्ने कुरा त रूखको मुढो मात्र हो,

      जसलाई कालिगडले आफ्नो औजार चलाएर आकार दिन्छन्‌।+

       ४ तिनीहरू त्यसलाई सुन र चाँदीले मोहोर्छन्‌+

      अनि त्यो नढलोस्‌ भनेर हतौडा र किलाले ठोकठाक पार्छन्‌।+

  • यर्मिया १०:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्‌।+

      एउटा काठको मुढोले मानिसलाई डोऱ्‍याउला भनेर सोच्नु मूर्खता हो।+

       ९ तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ।

      अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्‌

      र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्‌गार्छन्‌।

      ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्‌।

  • प्रेषित १९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तर हातले बनाइएका कुराहरू ईश्‍वर होइनन्‌+ भनेर त्यो पावलले यहाँ एफिससमा+ मात्र होइन, एसिया प्रान्तका लगभग सबै ठाउँमा भीडका भीड मानिसलाई भड्‌काउँदै कसरी अर्कै मत मान्‍न लगाइरहेको छ, त्यो पनि तपाईँहरूले देख्नु अनि सुन्‍नुभएकै छ।

  • १ कोरिन्थी १०:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसोभए के मैले मूर्तिलाई बलि चढाइएका थोकहरूको वा मूर्तिको महत्त्व छ भन्‍न खोजेको हो?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने