-
मत्ति २१:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूले गधा र त्यसको बछेडो ल्याए र तीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८ तब भीडमा भएकाहरूमध्ये धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए+ अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाउन थाले। ९ अनि उहाँको अघिअघि गइरहेको र पछिपछि आइरहेको मानिसहरूको भीडले यसो भन्दै जयजयकार गर्न थाल्यो: “हे परमेश्वर, दाउदका छोराको रक्षा गर्नुहोस्!+ यहोवाको* नाममा आउने धन्यका हुन्!+ हे स्वर्गमा बस्नुहुने परमेश्वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्!”+
-
-
मर्कुस ११:७-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूले बछेडोलाई+ येसुकहाँ ल्याए र त्यसमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८ साथै धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए अनि अरू कतिले चाहिँ छेउछाउका रूखहरूबाट स्याउला काटेर बिछ्याए।+ ९ उहाँको अघिअघि गइरहेका र पछिपछि आइरहेकाहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्वर, उहाँको रक्षा गर्नुहोस्!+ यहोवाको* नाममा आउने धन्यका हुन्!+ १० हाम्रा बुबा दाउदको आउँदै गरेको राज्य धन्यको होस्!+ हे स्वर्गमा बस्नुहुने परमेश्वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्!”
-
-
लुका १९:३७, ३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ उहाँ जैतुन डाँडाको ओरालो बाटोनजिक पुग्नेबित्तिकै चेलाहरूको भीडले आनन्द मनाउँदै चर्को स्वरले परमेश्वरको प्रशंसा गर्न थाल्यो किनकि तिनीहरूले थुप्रै शक्तिशाली काम देखेका थिए। ३८ तिनीहरूले यसो भन्न थाले: “यहोवाको* नाममा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति होस् अनि स्वर्गमा बस्नुहुने परमेश्वरको महिमा होस्!”+
-