प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्‌।+

      तिनैले मलाई डोऱ्‍याऊन्‌;+

      तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्‍याऊन्‌।+

  • हितोपदेश ६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्‌;+

      ती नियमहरू तिम्रो लागि ज्योति हुन्‌;+

      तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+

  • यसैया ५१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।

      ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+

      किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+

      म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्‍नेछ।+

  • रोमी १५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌+ ताकि हाम्रो सहनशीलता+ र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ।+

  • २ तिमोथि ३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो+ र यो सिकाउन,+ सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि+ उपयोगी छ, १७ जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।

  • २ पत्रुस १:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसैले हामीसित भएको भविष्यसूचक वचन झन्‌ पक्का भएको छ; (झिसमिसे उज्यालो नभएसम्म अनि बिहानको तारा+ नउदाएसम्म) तिमीहरूले आफ्नो हृदयमा त्यस वचनलाई अँध्यारो ठाउँमा बलिरहेको बत्तीलाई झैँ+ ध्यान दिएर राम्रै गरिरहेका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने