-
नहेम्याह ६:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ एलूल* महिनाको २५ औँ दिनमा पर्खाल बनाउने काम सिद्धियो। पर्खाल बनाउन जम्मा ५२ दिन लाग्यो।
१६ जब हाम्रा सबै शत्रुले यो कुरा सुने र वरपरका सबै राष्ट्रले हामीले पर्खाल बनाएर सिद्ध्याएको देखे, तब तिनीहरू असाध्यै लज्जित भए।+ हाम्रा परमेश्वरको मदतले गर्दा नै यो काम सम्भव भएको हो भनेर तिनीहरूले थाह पाए।
-
-
एस्तर ६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ हामानले आफ्नी पत्नी जेरेस+ र सबै साथीलाई त्यस दिनको सम्पूर्ण घटना बताए। त्यसपछि तिनकी पत्नी र तिनका सल्लाहकारहरूले यसो भने: “मोर्दकै, जो आज तपाईँभन्दा उच्च पारिएका छन्, यदि तिनी यहुदी वंशका रहेछन् भने तपाईँले उसलाई जित्न सक्नुहुनेछैन। तपाईँको हार निश्चित छ।”
-
-
भजन १३७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे यहोवा, यरुसलेमको पतन भएको दिन
एदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्:
“त्यसलाई तहसनहस पार्! त्यसको जगसमेत तहसनहस पार्!”+
-