-
यर्मिया ४९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ एदोमबारे सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“के तेमानबाट+ बुद्धि हराएकै हो?
के समझदार मानिसहरूले राम्रो सल्लाह दिन छाडेकै हुन्?
के तिनीहरूको बुद्धि कुहिसकेकै हो?
-
-
ओबदियाह १०-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तेरो भाइ याकुबमाथि तैँले गरेको अत्याचारको कारण+
तँ लाजमा पर्नेछस्+
अनि तँ सदाको लागि नाश हुनेछस्।+
११ उसको सेनालाई विदेशीहरूले कैदी बनाएर लैजाँदा+
तँचाहिँ एकातिर उभिएर हेरिरहेको थिइस्।
विदेशीहरू उसको मूलढोकाबाट पसेर यरुसलेममाथि गोला हाल्दा+
तैँले पनि त्यसै गरिस्।
१२ तैँले यो ठीक गरिनस्, तेरो भाइमाथि विपत्ति आइपर्दा तँ रमाइस्।+
यहुदाका मानिसहरू नाश भएको दिन तँ खुसी भइस्।+
तिनीहरूमाथि दुःख आइपरेको दिन तैँले घमन्डी कुरा गरिस्।
१३ मेरा मानिसहरूमाथि विनाश आइपरेको दिन तँ तिनीहरूको मूलढोकाबाट भित्र पसिस्।+
तिनीहरूको विपत्तिको दिनमा तैँले हर्ष मनाइस्
अनि तिनीहरूको धनसम्पत्ति लिनलाई तैँले आफ्नो हात पसारिस्।+
-