३६ मैले आफ्नो नाम जोड्न यरुसलेम सहरलाई रोजेको छु। त्यसैले उसको छोरालाई चाहिँ म एउटा कुल दिनेछु किनकि यरुसलेममा मेरो सेवक दाउदको दियो मेरो नजरको सामने सधैँ बलिरहोस्* भन्ने म चाहन्छु।+
४ तैपनि दाउदका+ परमेश्वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।*
७ तर दाउदसित गरेको करारको खातिर+ यहोवा परमेश्वरले दाउदको घरानाको विनाश गर्न चाहनुभएन। किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+