-
गन्ती २१:२१-२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि इस्राएलीहरूले एमोरीहरूका राजा सिहोनलाई यसो भन्नू भनेर सन्देशवाहकहरू पठाए:+ २२ “हामीलाई तपाईँको देशको बाटो भएर जान दिनुहोस्। हामी तपाईँहरूको खेत वा अङ्गुर बगानमा पस्नेछैनौँ अनि कुनै पनि इनारको पानी पिउनेछैनौँ। तपाईँको इलाका पार नगरेसम्म हामी ‘राजाको मार्ग’ हुँदै फटाफट जानेछौँ।”+ २३ तर सिहोनले इस्राएलीहरूलाई आफ्नो इलाकाबाट जान दिएनन्। बरु तिनले आफ्ना सेना जम्मा गरे अनि निर्जनभूमिमा इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। तिनीहरू याहजमा आए र इस्राएलीहरूसित युद्ध गर्न थाले।+ २४ तर इस्राएलीहरूले सिहोनलाई आफ्नो तरबारले हराए+ र अर्नोनदेखि+ याब्बोकसम्मको इलाका+ कब्जा गरे,+ जुन अम्मोनीहरूको देशको नजिकै थियो। तर तिनीहरू याजेरभन्दा+ अगाडि गएनन् किनकि याजेरबाट अम्मोनीहरूको इलाका+ सुरु हुन्थ्यो।
-