-
२ समुएल १२:९-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ १० हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+ ११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+
-