-
गन्ती २७:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “अबारिमको यस डाँडामा+ उक्ल अनि त्यहाँबाट मैले इस्राएलीहरूलाई दिने देश हेर।+ १३ त्यो हेरिसकेपछि तिमी पनि तिम्रो दाइ हारुनझैँ+ आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।+ १४ किनभने जिन निर्जनभूमिमा इस्राएली समुदायले मसित झगडा गर्दा तिमीले मेरो आज्ञा उल्लङ्घन गऱ्यौ र मैले मानिसहरूको लागि पानीको प्रबन्ध गरिदिँदा तिमीले मानिसहरूसामु मलाई पवित्र ठहराएनौ।”+ (यो मरिबाको पानी हो,+ जुन जिन निर्जनभूमिमा+ भएको कादेसमा+ पर्छ।)
-
-
व्यवस्था १:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ (तिमीहरूले गर्दा यहोवा परमेश्वर मसित पनि रिसाउनुभयो र यसो भन्नुभयो, “तिमी पनि त्यस देशमा जान पाउनेछैनौ।+
-
-
व्यवस्था ३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तर तिमीहरूले गर्दा यहोवा परमेश्वर मसित अझै पनि रिसाइरहनुभएको थियो+ अनि उहाँले मेरो कुरा सुन्नुभएन। बरु यहोवाले मलाई भन्नुभयो, ‘बस्, भयो! मसित यस विषयमा फेरि कुरा नगर।
-