७ तिमीहरूले र तिमीहरूका घरानाले खानपिन पनि त्यहीँ, यहोवा तिमीहरूका परमेश्वरसामु गर्नू+ अनि तिमीहरू आफ्ना सबै काममा आनन्दित हुनू+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
१८ साँचो परमेश्वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्वरले दिनुहुने वरदान* हो।+