-
प्रस्थान २०:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+ ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्वर मबाहेक अरू कसैको भक्ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु।
-
-
हबकुक २:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मूर्ति बनाउनेलाई त्यो मूर्तिबाट के फाइदा हुन्छ र,
जुन ऊ आफैले बनाएको हो?
धातुको मूर्तिबाट र झूटको शिक्षकबाट के लाभ हुन्छ र?
तैपनि त्यसलाई बनाउनेले त्यसमाथि भरोसा गर्छ
अनि बोल्न नसक्ने व्यर्थका देवताहरू बनाउँछ।+
१९ धिक्कार छ त्यसलाई, जसले काठको टुक्रालाई “जाग्नुहोस्!” भन्छ
अनि बोल्न नसक्ने ढुङ्गालाई “उठ्नुहोस्! हामीलाई सिकाउनुहोस्!” भन्छ।
हेर! त्यसलाई सुन र चाँदीले मोहोरिएको छ+
अनि त्यसमा सास छँदै छैन।+
-