१६ तिमीलाई देख्नेहरूले तिमीलाई एकटक लगाएर हेर्नेछन्।
तिनीहरूले तिमीलाई नियाल्नेछन् र यसो भन्नेछन्:
‘सारा पृथ्वीलाई हल्लाउने
अनि राष्ट्रहरूलाई थर्काउने मानिस यही होइन?+
१७ पृथ्वीलाई उजाड बनाउने,
त्यसका सहरहरूलाई ध्वस्त पार्ने+
अनि आफ्ना कैदीहरूलाई मुक्त नगर्ने मानिस यही होइन?’+