-
यसैया १४:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन् र याकुबको घरानासित मिसिनेछन्।+ २ जातिजातिका मानिसहरूले तिनीहरूलाई फर्काएर तिनीहरूकै भूमिमा पुऱ्याउनेछन् अनि इस्राएलको घरानाले यहोवाको भूमिमा उनीहरूलाई दास-दासी बनाउनेछन्।+ आफूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैद गर्नेछन् र आफूलाई काममा दलाउनेहरूलाई* आफ्नो अधीनमा राख्नेछन्।
-