-
सपन्याह ३:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ हेर! त्यसबेला म तिमीमाथि अत्याचार गर्नेजति सबैविरुद्ध कदम चाल्नेछु।+
खोच्याएर हिँडिरहेकोलाई म बचाउनेछु+
अनि तितरबितर भएकाहरूलाई जम्मा गर्नेछु।+
जुन-जुन ठाउँमा तिनीहरूले बेइज्जती सहनुपरेको थियो,
त्यहाँ-त्यहाँ म तिनीहरूको प्रशंसा गराउनेछु र तिनीहरूले सम्मान पाउनेछन्।
२० त्यसबेला म तिमीहरूलाई फर्काएर ल्याउनेछु,
त्यसबेला म तिमीहरूलाई एकसाथ जम्मा गर्नेछु।
कैदमा परेका तिमीहरूका मानिसहरूलाई म तिमीहरूकै आँखाअगाडि फर्काएर ल्याउनेछु
अनि पृथ्वीका सबै जातिसामु म तिमीहरूको प्रशंसा गराउनेछु र तिमीहरूले सम्मान पाउनेछौ,”+ यहोवा भन्नुहुन्छ।+
-