प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ इस्राएलका राजा पेकहको शासनकालमा अस्सेरियाका राजा तिग्लाथ-पिलेसरले+ इस्राएलमा आक्रमण गरे अनि इयोन, हाबिल-बेथ-माकाह,+ यानोह, केदेस,+ हजोर र गिलादका+ साथै गालिल अर्थात्‌ नप्तालिको+ कुलको पूरै इलाका कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर अस्सेरिया+ लगे।

  • २ राजा १६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+ ९ अस्सेरियाका राजाले तिनको बिन्ती सुने अनि दमिसक गएर त्यसलाई कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर किर+ लगे। उनले रजिनलाई चाहिँ मारे।+

  • यसैया ८:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्‍ता हुन्‌, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्‌। अनि तिनले एउटा छोरो जन्माइन्‌।+ तब यहोवाले मलाई यसो भन्‍नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्‍न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+

  • यसैया १७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ दमिसकविरुद्ध घोषणा:+

      “हेर! दमिसक सहरको नामोनिसान रहनेछैन।

      त्यो भग्नावशेषको थुप्रो बन्‍नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने