-
विलाप २:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवाले सियोनकी छोरीको पर्खाल भताभुङ्ग पार्ने अठोट गरिसक्नुभएको छ।+
उहाँले त्यसको नाप लिइसक्नुभएको छ।+
त्यसको विनाश गर्नदेखि उहाँले आफ्नो हातलाई रोक्नुभएको छैन।
उहाँले त्यसका गढीहरू अनि पर्खालहरूलाई शोकित तुल्याउनुभएको छ।
उहाँले ती दुवैलाई कमजोर पार्नुभएको छ।
ט [टेथ]
९ त्यसका ढोकाहरू जमिनमुनि भासिएका छन्।+
उहाँले त्यसका बारहरू भत्काउनुभएको छ र धुलोपिठो पार्नुभएको छ।
त्यसका राजा अनि राजकुमारहरू अर्काको भूमिमा छन्।+
त्यहाँ व्यवस्था* पालन गर्ने कोही छैन अनि त्यसका भविष्यवक्ताहरूले समेत यहोवाबाट कुनै दर्शन* पाउँदैनन्।+
-