प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+

      अग्लो पर्वतमा उक्ल।

      ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!

      ठूलठूलो स्वरले भन।

      नडराऊ, आफ्नो आवाज ठूलो पार!

      यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ।”+

  • यर्मिया ३१:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरू आउनेछन्‌ र सियोनको टाकुरामा खुसीले कराउनेछन्‌।+

      यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।

      उहाँले तिनीहरूलाई अन्‍न, नयाँ मद्य+ र तेल दिनुहुनेछ।

      तिनीहरूका वस्तुभाउ ब्याउनेछन्‌।+

      तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्‌+

      र फेरि कहिल्यै कमजोर हुनेछैनन्‌।”+

  • यर्मिया ३३:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात्‌ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११ यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्‍नेछन्‌: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+

      “‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्‌+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्‍नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने