-
व्यवस्था २८:५३-५५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।
५४ “तिमीहरूबीच सबैभन्दा दयालु र कमलो मन भएको पुरुषले समेत आफ्नै दाजुभाइ, आफूले असाध्यै माया गर्ने पत्नी र बाँकी रहेका आफ्ना छोराछोरी कसैलाई दया देखाउनेछैन। ५५ आफूले खाइरहेको आफ्नै छोराछोरीको मासुसमेत उसले तिनीहरूसँग बाँडचुँड गर्नेछैन किनभने घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्कट ल्याउने भएकोले ऊसँग खानको लागि केही बाँकी हुनेछैन।+
-