-
यर्मिया ५:२६-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ किनभने मेरा मानिसहरूमाझ दुष्टहरू पनि छन्।
तिनीहरू चरालाई पासोमा पार्न ढुकिबस्ने सिकारीहरू जस्तै छन्।
तिनीहरू डरलाग्दो पासो थाप्छन्
अनि मानिसहरूलाई आफ्नो सिकार बनाउँछन्।
२७ चराहरूले भरिएको पिँजडाजस्तै
तिनीहरूको घर छलकपटले भरिएको छ।+
त्यसैले तिनीहरू शक्तिशाली र धनी भएका छन्।
२८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्;
तिनीहरूको दुष्ट्याइँ भरिएर पोखिएको छ।
तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्+
बरु आफ्नै सफलता खोज्छन्।
अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्।’”+
-
-
मिका २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “धिक्कार छ तिनीहरूलाई, जो दुष्ट युक्तिहरू रच्छन्,
जो ओछ्यानमा ढल्केर षड्यन्त्र रच्छन्!
अनि बिहान उज्यालो हुनेबित्तिकै त्यो काम गरिहाल्छन्
किनकि तिनीहरूसित आफ्नो दुष्ट युक्ति पूरा गर्ने सामर्थ्य छ।+
२ तिनीहरू अर्काको जमिनमा आँखा गाड्छन् र ती खोस्छन्।+
तिनीहरू अर्काको घरको लालच गर्छन् र ती कब्जा गर्छन्।
जालझेल गरेर तिनीहरू अरूको घर हत्याउँछन्+
र अरूको पैतृक सम्पत्ति हात पार्छन्।
-