प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

  • यर्मिया ३८:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यर्मियाले सिदकियाहलाई यसो भने: “सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गऱ्‍यौ भने तिम्रो ज्यान जोगिनेछ अनि यो सहर आगोले नाश हुनेछैन। तिमीसँगसँगै तिम्रो घराना पनि बचाइनेछ।+ १८ तर तिमीले बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गरेनौ भने यो सहर कल्दियालीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले यसलाई आगोले जलाइदिनेछन्‌।+ अनि तिमी तिनीहरूको हातबाट उम्कनेछैनौ।’”+

  • यर्मिया ३९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर कल्दियाली सेनाले तिनीहरूलाई खेद्‌यो र यरिहोको मरुभूमिमा सिदकियाहलाई भेट्टायो।+ उनीहरूले तिनलाई पक्रे अनि हमाथको+ रिब्लाहमा+ बेबिलोनका राजा नबुकद्‌नेजरसामु हाजिर गराए। त्यहाँ नबुकद्‌नेजरले तिनलाई सजाय सुनाए।

  • इजकिएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तिनीमाथि आफ्नो जाल हान्‍नेछु र तिनी मेरो जालमा पर्नेछन्‌।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन्‌ र त्यहीँ तिनी मर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने