४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+
५ अनि म यस सहरका सबै धनसम्पत्ति, सबै बहुमूल्य कुरा र यहुदाका राजाहरूका सबै खजाना तिनीहरूका शत्रुहरूलाई दिनेछु।+ उनीहरूले ती सबै लुट्नेछन्, आफ्नो बनाउनेछन् र बेबिलोनमा लैजानेछन्।+