प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन।

  • २ राजा २४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्‌नेजर त्यहाँ आए।

  • २ राजा २४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बेबिलोनका राजाले यहोवा परमेश्‍वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्‍वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा भयो।

  • २ राजा २५:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे।

  • विलाप १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+

      तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरू

      पवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने