-
दानिएल १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+
-