-
२ इतिहास ३६:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ १२ उनले आफ्ना परमेश्वर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। यहोवा परमेश्वरको आदेशअनुसारै बोल्ने भविष्यवक्ता यर्मियासामु+ उनले आफूलाई नम्र तुल्याएनन्।
-