-
यर्मिया २१:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्वरसित कुरा गरिदिनुहोस्। बेबिलोनका राजा नबुकद्नेजर* हामीसित युद्ध लड्न आउँदै छन्।+ यहोवा परमेश्वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्नेजर फर्केर जालान् कि?”+
-
-
यर्मिया ३८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ राजा सिदकियाहले भविष्यवक्ता यर्मियालाई यहोवाको भवनको तेस्रो ढोकामा आउनू भनी खबर पठाए। अनि राजाले यर्मियालाई यसो भने: “म तिमीलाई केही सोध्न चाहन्छु। कुरा नलुकाई मलाई बताऊ।”
-
-
यर्मिया ३८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि सिदकियाहले यर्मियालाई यसो भने: “कसैलाई यसबारे केही नबताउनू। नत्र त तिमी मारिनेछौ।
-