प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० समुएलले अग्निभेटी चढाइरहेको बेला पलिस्तियालीहरू भने इस्राएलीहरूसँग लडाइँ गर्न अघि बढे। त्यो दिन यहोवा परमेश्‍वरले जोडसित आकाश गर्जाउनुभयो+ र पलिस्तियालीहरूबीच गोलमाल मच्चाइदिनुभयो+ अनि तिनीहरू इस्राएलीहरूसित हारे।+

  • २ इतिहास १४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि आसाले आफ्ना परमेश्‍वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्‍य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्‌ख्यामा धेरै होऊन्‌ वा चाहे तिनीहरूसित कुनै शक्‍ति नहोस्‌।+ हे हाम्रा परमेश्‍वर यहोवा, हामीलाई मदत गर्नुहोस्‌ किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्‌न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्‍वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्‌।”+

  • यसैया ३७:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ तब यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३७ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने