-
यर्मिया २१:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात् महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्नेछन्; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन् न त करुणा नै देखाउनेछन्।”’+
-
-
इजकिएल १२:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरूका कुलनायक आफ्नो पोको काँधमा बोकेर अँध्यारोमा निस्कनेछन्। तिनले सहरको पर्खालमा प्वाल पार्नेछन् र आफ्नो पोको बोकेर त्यहाँबाट निस्कनेछन्।+ भुईँ नदेख्नेगरि तिनले आफ्नो अनुहार छोप्नेछन्।’ १३ म तिनीमाथि आफ्नो जाल हान्नेछु र तिनी मेरो जालमा पर्नेछन्।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन् र त्यहीँ तिनी मर्नेछन्।+
-