प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+

      तिनीहरू तिमीसित अवश्‍य लड्‌नेछन्‌

      तर तिमीलाई जित्न सक्नेछैनन्‌।+

      किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।

  • यर्मिया ३२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसबेला बेबिलोनका राजाको सेनाले यरुसलेमलाई घेरा हालेको थियो र भविष्यवक्‍ता यर्मियालाई यहुदाका राजाको महलमा भएको पहरेदार-चोकमा+ थुनेर राखिएको थियो।

  • यर्मिया ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ यर्मिया पहरेदार-चोकमा थुनिएकै बेला दोस्रो पटक यहोवाको वचन यर्मियाकहाँ आयो।+ उहाँले यसो भन्‍नुभयो:

  • यर्मिया ३७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्‍ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।

  • यर्मिया ३९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्‍तिले मानिसहरू पठाएर १४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने