-
२ राजा २५:४-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्यो र उनलाई यरिहोको मरुभूमिमा भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्ने मारे। नबुकद्नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्लाले बाँधेर बेबिलोन लगे।+
-
-
यर्मिया ५२:७-११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ आखिरमा सहरको पर्खाल भत्काइयो। अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+ ८ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्यो+ र यरिहोको मरुभूमिमा तिनलाई भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ९ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर हमाथको रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ बेबिलोनका राजाले तिनलाई सजाय सुनाए। १० अनि बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामुन्ने मारे। साथै बेबिलोनका राजाले यहुदाका सबै भारदारलाई पनि त्यहीँ मारे। ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।
-