प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनले यहोवा परमेश्‍वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+ ११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+

  • २ इतिहास ३६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • २ इतिहास ३६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ उनले साँचो परमेश्‍वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+

  • नहेम्याह १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उनीहरूले जवाफ दिए: “निर्वासनबाट फर्केर यहुदा प्रान्तमा गएका मानिसहरूको अवस्था अत्यन्तै दयनीय छ। मानिसहरू तिनीहरूलाई हाँसोमा उडाउँछन्‌ र तिनीहरूको अपमान गर्छन्‌।+ यरुसलेमका पर्खालहरू भत्किएकै अवस्थामा छ+ र आगोले भस्म पारिएका त्यसका मूलढोकाहरू पनि जस्ताको तस्तै छ।”+

  • यर्मिया ५२:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनले यहोवा परमेश्‍वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+ १४ अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+

      १५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने