-
२ राजा २५:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+ १२ तर पहरेदारहरूका कप्तानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+
-
-
यर्मिया ३९:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।
१० तर पहरेदारहरूका कप्तान नबुजरदानले कुनै सरसम्पत्ति नभएका केही गरिब मानिसहरूलाई यहुदामै छोडे। साथै तिनीहरूले खेतीपाती* गरून् भनेर तिनीहरूलाई अङ्गुर बगान र खेतहरू पनि दिए।+
-