-
यर्मिया ३९:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्तिले मानिसहरू पठाएर १४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।
-
-
यर्मिया ४१:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ नेथन्याहका छोरा इस्माएल र तिनीसितै आएका १० जना मानिस उठे र अहिकामका छोरा गदल्याहलाई तरबारले मारे। यसरी यहुदाको रेखदेख गर्न बेबिलोनका राजाले नियुक्त गरेका मानिसको इस्माएलले हत्या गरे।
-