-
यर्मिया ३१:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+
तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+
तिनीहरूमाझ अन्धा र लङ्गडाहरू हुनेछन्,+
गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्।
तिनीहरू ठूलो जमातमा फर्कनेछन्।+
९ तिनीहरू रुँदै आउनेछन्,+
तिनीहरूले मसित दयाको भीख माग्नेछन् र म तिनीहरूलाई डोऱ्याउनेछु।
म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+
ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्याउनेछु
किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+
-