प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बेबिलोनबाट निस्केर जाओ!+

      कल्दियालीहरूदेखि भाग!

      खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+

      पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+

      “यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+

  • यर्मिया ५१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ बेबिलोनबाट भाग!

      आफ्नो ज्यान जोगाओ!+

      त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस्‌

      किनकि यो यहोवाको बदला लिने समय हो।

      उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+

  • यर्मिया ५१:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ हे मेरा मानिसहरू! त्यसबाट निस्केर आओ!+

      आफ्नो ज्यान जोगाउन भाग!+ यहोवाको बल्दो रिसबाट भाग!+

  • जकरिया २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “हे सियोन, आऊ! तिमी, जो बेबिलोनकी छोरीसित बसोबास गर्दै छौ, निस्केर आऊ।+

  • २ कोरिन्थी ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ: ‘त्यसकारण तिनीहरूमाझबाट निस्केर आओ र आफूलाई अलग पार अनि अशुद्ध कुरा छुन छोड+ र म तिमीहरूलाई ग्रहण गर्नेछु।’”+

  • प्रकाश १८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि तिनले जोडदार आवाजमा यसो भने: “त्यसको पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ;+ त्यो प्रेतहरू* बास गर्ने ठाउँ भएकी छे र यस्तो ठाउँ भएकी छे, जहाँ सबै प्रेत* अनि हरप्रकारका अशुद्ध र घृणित चराहरू लुकेर बस्छन्‌!+

  • प्रकाश १८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने