प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १३६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ उहाँले कुशलतासाथ* आकाश बनाउनुभयो+

      किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।

  • हितोपदेश ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवाले आफ्नो बुद्धिले पृथ्वीको जग बसाल्नुभयो,+

      आफ्नो समझशक्‍तिले आकाश फैलाउनुभयो।+

  • यसैया ४०:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ परमेश्‍वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+

      र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्‌याङ्‌ग्राजस्तै छन्‌।

      उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छ

      र त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+

  • यर्मिया १०:१२-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो;

      आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+

      अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+

      १३ उहाँ बोल्दा

      आकाशका पानीहरू छचल्किन्छन्‌;+

      पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+

      उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

      अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

      १४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।

      हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+

      किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌

      अनि तिनमा सास छैन।+

      १५ ती सबै व्यर्थका काम हुन्‌, गिल्ला गर्न लायकका काम।+

      तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌।

      १६ तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न

      किनकि उहाँले नै सबथोक रच्नुभयो।

      इस्राएल उहाँको उत्तराधिकारको लौरो हो।+

      उहाँको नाम सेनाहरूका यहोवा हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने